जरुरी लागे गिरीबन्धु टी स्टेटको छानबिन गरे हुन्छ: ओली

बुधबार, भदौ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

आज प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले गिरिबन्धु टी स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने बताए । उनले सरकार लचिलो भएर सदन खुलाएकोमा धन्यवाद दिए । अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए ।

उनले भने, ‘म सरकारलाई, सत्तापक्षलाई धन्यवाद भन्छु की उनहरु लचिलो भएर आज सदन खुलाउन तयार हुनुभयो । हामी पहिलैदेखि सदन खुलाउने, चलाउने पक्षमा हो । तर यो सुन तस्करीको काण्ड जुन भइरहेको छ, यो सधैँका लागि रोकियोस्, यसको राम्रो छानबिन होस्, निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हो । यसमा सरकारले मञ्जुर गरेको थिएन, त्यसकारण तनाव भएको हो ।

अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको छ । त्यसमा सहमति भयो। गिरिबन्धुले चिया स्टेट लगाएका छन्, चिया बनाएका छन् ।

बिना कानून पहिला जमिन दिएको थियो, सट्टा भर्ना अहिले हामीले कानून बनाइदिएका छौँ । जरुरी नै छैन, गर्न मन लागे छानबिन गरे हुन्छ ।’

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १९:०८
प्रतिक्रिया दिनुहोस्