ललिता निवास जग्गा प्रकरणमा माधव र बाबुरामलाई पक्राउ गरि अनुसन्धान गर्न राप्रपाको माग

बुधबार, भदौ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ललिता निवास जग्गा हिनामिना  प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पक्राउ गरी अनुसन्धान गर्न    राप्रपाका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले माग गरेका छन् । 

आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सोही प्रकरणमा अरुलाई पक्राउ गरी अनुसन्धान गरे पनि निर्णयकर्तालाई उन्मुक्ति दिएको आरोप लगाए । 

देशमा दुई ओटा कानून नरहेको भन्दै उनले निर्णयकर्ता तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराई पनि पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् । 

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्