लामो समयदेखि अवरुद संसद बैठक सुचारु

बुधबार, भदौ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । लामो समयदेखि अवरुद्द बनेको प्रतिनिधि सभा बैठक शुरु भएको छ । 

आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक एक घण्टा ढिला गरी शुरु भएको हो । साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको बैठक आजदेखि नियमित गर्ने संसदमा सहभागी राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सहमति भएको हो । 

अवैध सुन प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति गठनको माग गरेको एमालेले असोज ५ गते आयोग नै खडा गरेर सोही दिनदेखि अनुसन्धान थाल्ने सहमति गरेसँगै बैठक नियमित हुने सहमति भएको हो । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्