प्रधानमन्त्री दाहालको अमेरिका भ्रमण स्वीकृत

बुधबार, भदौ ६, २०८०

काठमाडौं ।   आजको मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणलाई स्वीकृति दिएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रचण्ड भदौ ३० गते अमेरिका जाँदैछन् ।

अमेरिकाबाट प्रचण्ड चीन जाने कार्यतालिका रहेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्