सिंहदरबारमा प्रमुख दलहरुका नेताहरुको बैठक

बुधबार, भदौ ६, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सिंहदरबारमा अहिले राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ। संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठकमा शिर्ष नेताहरु सहभागी छन्  ।

प्रधानमन्त्री कार्यालयमा सुरु भएको बैठकमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी भएका छन् ।

बसिरहेको बैठकमा सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे छलफल हुने बताइएको छ।

बैठकपछि एमाले सुन तस्करी प्रकरणलाई लिएर गत साउन १० गतेदेखि अवरुद्द पार्दै आएको संसद बैठक आज दिउँसो ३ बजे सुरु हुने छ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्