काठमाडौंबाट पोखरा हिंडेको बस त्रिशुलीमा खस्यो, ८ जनाको मृत्यु

बुधबार, भदौ ६, २०८०
Neuro hospital Nepalgunj

धादिङ । काठमाडौंबाट पोखरा हिंडेको यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे       उक्त ब्स धादिङको गजुरी–२ स्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएक्क  जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। मृत्यु हुनेमा ६ पुरुष र २ महिला रहेका छन् ।

दुर्घटनाका ८ जना घाइतेलाई अस्पताल लगिएको छ।सडकबाट बस करिब ४० मिटर तल त्रिशूली नदीमा खसेको थियो । त्रिशुलीबाट १६ जनाको उद्दार गरिएकी छ। 

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य गरिरहेका छन् । 

क्षतिको पुर्ण  विवरण आइसकेको छैन । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्