आज पनि देशभर वर्षा

बुधबार, भदौ ६, २०८०

काठमाडौं । केहिदिन देखि देशका विभिन्न स्थानहरुमा लगातार वर्षा भइरहदा आज पनि देशभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भने राती कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कर्णालीका पहाडी भागमा पनि वर्षा भइरहेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्