आजदेखि चालू आर्थिक वर्षका सरकारी भुक्तानी बन्द हुँदै

आइतबार, असार २४, २०८०

काठमाडौं । आजदेखि चालू आर्थिक वर्षको सबै खाले सरकारी भुक्तानी  कार्यहरु  बन्द हुँदैछन्  ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार  आज राती १२ बजेबाट लागू हुनेगरी नियमले निर्दिष्ट गरेको कामको लागि बाहेक निकासा भुक्तानी नहुने र प्रणाली समेत बन्द रहने भएको हो।

संघ, प्रदेश र स्थानीय तहको आर्थिक वर्ष समाप्त हुनु एक साता अघि निकासा भुक्तानी र प्रणाली समेत बन्द हुनेछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० को उपनियम १ र २ बमोजिम संघीय कार्यालयहरूमा भुक्तानी बन्द हुनेछ भने प्रदेश र स्थानीय तहको हकमा सोही नियमको उपनियम ७ र ८ बमोजिम बन्द हुनेछ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्