लम्पी स्किन रोगको संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

मंगलबार, भदौ ५, २०८०

नेपालगन्ज । संक्रमणको रोकथाम तथा उपचारको व्यवस्था मिलाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

बाँकेका नागरिक समाजहरुको एक समूहले लम्पी स्किन रोगको उपचारको व्यवस्था तत्काल गर्न गराउन माग गरेको हो । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा गएको एक टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।

बाँके जिल्लामा हालसम्म करिब दश हजार बढी पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ भने करिब ४ दर्जन बढी पशुहरुको रोगले मृत्यु समेत भएको अवस्थामा पशुहरुमा तत्काल खोप तथा अन्य उपचारको व्यवस्था मिलाउन माग गरेको ज्ञापनपत्रमा उल्लेख छ । 

सङ्क्रमणका कारण दूधको उत्पादन घट्नु तथा पशु सङ्क्रमणबाट मुक्त भएपनि पहिलेकै अवस्थामा नफर्कनुले किसान मारमा परेका छन्। 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्