प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनियताको सपथ

मंगलबार, भदौ ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई शितल निवासमा पद तथा गोपनियताको सपथ गराएका हुन् ।

श्रेष्ठलाई सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशका रुपमा सोमबार राष्ट्रपति पौडैलले 

संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

 

श्रेष्ठ ०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्