आज पनि बस्न सकेन प्रतिनिधि सभा बैठक, भोलिसम्मका लागि स्थगित

मंगलबार, भदौ ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक भोलिका लागि सारिएको हो ।

संघीय संसद कार्यालयले बैठक बस्दै नबसी सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो।

बैठक साउन १० देखि नियमित रुपले बस्न सकेको छैन । पछिल्लो बैठक साउन २९ मा बसेर विषयमै प्रवेश नगरी स्थगित भएको थियो । प्रमुख प्रतिपक्ष दल  नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म बैठक चल्न नदिने बताउँदै आएको छ।

तर हिजो भएको सहमतिअनुसार आज दिउँसो बैठक बस्ने भनिएको थियो । समिति गठनको विषयमा आज सहमतिपत्रमा दलहरुबीच हस्ताक्षर नभएपछि बैठक स्थगित भएको हो । यद्यपि समितिका लागि मस्यौदा भने तयार भइसकेको छ । 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्