सल्यान-दाङ सडक १६ घण्टापछि पुनः सञ्चालनमा

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

सल्यान । सल्यान - सडक पुनः सञ्चालनमा आएको छ। सुख्खा पहिरो खसेर अवरुद्ध बनेको राप्ती राजमार्ग अन्तर्गत सल्यान–दाङ  सडक आज बिहानदेखि पुनः  सञ्चालनमा आएको छ ।

१६ घण्टा अघि सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै सुक्खा पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहानदेखि सञ्चालनमा आएको हो  जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पहिरो खसेर अवरुद्ध बनेको सडकमा  दुई वटा जेसीबी लगाएर पहिरो पन्छयाएपछि सडक खुलेको हो।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्