राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार

मंगलबार, भदौ ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सवैदलीय बैठक जारी छ । बैठकलाई भने  नेकपा एमालेले बहिस्कार गरेको छ । 

समसमायिक राजनीतिक विषयमा छलफल गर्ने भन्दै बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले नगएको हो । 

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका अनुसार सरकारसँग छलफल चलिरहेको बेला राष्ट्रपति पौडेलले अनावश्यक हस्तक्षेप गर्दै बैठक बोलाएको बुझाईमा पार्टी रहेको छ । 

बैठकको वैधानिकता नहुने भएपछि एमाले शितल निवास नजाने भएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले सुन प्रकरणको विषयमा चासो ब्यक्त गर्दै आज बिहान ८ बजे सो बैठक बोलाएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्