सशस्त्र प्रहरीका १२ जना सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

मंगलबार, भदौ ५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सशस्त्र प्रहरीका जवानदेखि हवल्दारसम्म १२ जना कर्मचारी आफूखुशी सम्पर्कविहीन बनेका छन् ।

उनीहरू आफूखुशी केही समयदेखि आफू कार्यरत कार्यालयमा सम्पर्कमा नआएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन हुने हवल्दारहरुमा छिन्नमस्ता बाहिनी महोत्तरीमा कार्यरत हवल्दार त्रियुगा नगरपालिका-१६ का ध्रुवकुमार बस्नेत, बिओपी टेपरी बर्दियामा कार्यरत हवल्दार बाँसगढी-३ का हरि किसुन थारु रहेका छन् ।

त्यस्तै सम्पर्कविहीन हुने जवानहरुमा उदयुपुरका गायत्रा बोहरा,  झापाका  प्रेम बुढाथोकी, मोरङका लिलाबहादुर लिम्बु, हुम्लाका बिरजन रोकाया, सिरहाका संतोषकुमार यादव, दैलेखका सुरेश थापा, दैलेखकै भरतबहादुर खड्का, बैतडीका दीपकराज कपाडी, नुवाकोटका प्रविन तामाङ र कैलालीका अमानत शेष रहेका छन् ।

उनीहरु मध्ये कोही बिदा स्वीकृत गराएर गएको र कोही आफूखुशी ब्यारेक छोडेर सम्पर्कविहीन भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई ७ दिनभित्र सम्पर्कविहीन हुनुको स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। ७ दिनभित्र  सम्पर्कमा नआएमा कारबाही प्रक्रिया अगाडि बढाउने सशस्त्र प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्