कपिलवस्तुबाट साढे ८ लाख बढीका अवैध लत्ताकपडा र चप्पल बरामद

मंगलबार, भदौ ५, २०८०
Neuro hospital Nepalgunj

कपिलवस्तु ।  सशस्त्र प्रहरीले कपिलवस्तुबाट ठुलो परिमाणमा अवैध सामाग्री बरामद गरेको छ। 

सशस्त्र प्रहरी बल नं २८ गण मातहतको बिओपी मर्यादापुरलेन कपिलवस्तु नगरपालिका- ५ गोटिहवाबाट करिव ८ लाख ६२ हजार रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका अवैध सामाग्रीहरुमा अवैध लत्ताकपडा र चप्पल रहेका छन् ।

भदौ ३ गते बरामद गरिएका ती अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

 

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्