कोशीका मुख्यमन्त्री थापालाई विश्वासको मत, एमालेको विरोध

सोमबार, भदौ ४, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । सभाध्यक्षले कोशीका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएपछि नेकपा एमालेले विरोध गरेको छ। मुख्यमन्त्री थापाले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा समस्या भएको हो । उनले विश्वासको मत पाएको भए पनि सभामुखको भूमिका निभाएका (अध्यक्षता गरेका) मन्सुरीले मत हालेपछि एमालेले विरोध गरेको हो । 

९३ सांसदमध्ये उपस्थित ७७ रहेकामा मुख्यमन्त्री थापाले ४७ मत पाएका छन् । विपक्षमा ३० मत प्राप्त भएको छ । ज्येष्ठताको हैसियतमा सभामुखको भूमिका खेल्नुपर्छ भनेर एमालेका ९ सांसद बिरामी भनेर बिदा बसेका थिए भने उपसभामुख पनि बिरामी भनेर काठमाडौँ हानिएकी थिइन् । 

नेपालको संविधानको धारा १८८ अनुसार प्रदेशसभा सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधानअनसार प्रदेश सरकार गठन भएको २० दिनपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन् । 

प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट कोशीका मुख्यमन्त्री थापाले विश्वासको मत लिएपछि फेरि संवैधानिक गाँठो भने नफुकेको स्पष्टै छ । 

यसअघि सभामुखकै हस्ताक्षरले थापा मुख्यमन्त्री बनेकामा सर्वोच्च अदालतले उक्त नियुक्तिलाई बदर गरेको थियो । 

यसबीच प्रदेशसभा बैठकको अध्यक्षता गरेका मन्सुरीले नेकपा एमालेका प्रदेशसभा सदस्यहरुको नाराबाजीका बीच मुख्यमन्त्री थापाको विश्वासको मत लिने प्रस्तावको पक्षमा बहुमत अर्थात ४७ मत परेको घोषणा गरेका हुन्। 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्