शिर्ष नेताहरुको बैठक राखी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई आह्वान

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि स्थगित भएपछी अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शीर्ष नेताहरूको बैठक राखी समस्याको समाधान गर्न  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आव्हान गरेका छन् । 

आज बसेको बैठकमा एमालेका सांसदहरुले प्रधानमन्त्रीको राजिनामा माग गर्दै  अवरोध गरेपछि तिमिल्सिनाले बैठक स्थगित गर्दै प्रधानमन्त्रीलाई आव्हान गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्डले एक प्रसङ्गमा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको बताएपछि त्यसैलाई लिएर एमालेले सदन अवरुद्ध गर्दै आएको हो ।  एमालेले लगातार चार दिनदेखि संसद अवरोध गर्दै आएको छ । 

तिमिल्सिनाले संसद सुचारु गर्न  प्रधानमन्त्रीलाई  सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको बैठक राखी आपसी संवादको माध्यमबाट उपयुक्त निष्कर्ष निकाल्न आव्हान गरेका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्