प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ

सोमबार, भदौ ४, २०८०

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज हुँदैछ  ।

संसदीय सुनुवाइ समितिले आज श्रेष्ठविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग साढे १० बजे छलफल गर्ने र लगत्तै श्रेष्ठसँग पनि साढे ११ बजे छलफल गर्न लागेको हो ।  प्रस्तावित श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइका क्रममा श्रेष्ठले आफ्नो योग्यता, अनुभव, कार्य योजना र अवधारणा प्रस्तुत गर्नेछन् ।

संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उनको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्