आज यी प्रदेशमा भारी वर्षा

सोमबार, भदौ ४, २०८०

काठमाडौं ।  आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत देशका धेरैजसो स्थानमा वर्षा भइरहेको छ ।

हाल कोशी र बागमती प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी देखी धेरै भारी वर्षाको सम्भावना रहेको छ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्