नेपालगन्ज उद्योग बाणिज्य संघको सदस्यमा साझा प्रजातान्त्रिकका ३ र समावेशीका ७ जना निर्वाचित

आइतबार, भदौ ३, २०८०

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको खुला सदस्यको मतगणना सकिएको छ । आज साँझ सम्पन्न खुला सदस्यतर्फको मतगणनाबाट १० जना निर्वाचित भएका छन् ।

समावेशी प्यानलबाट ७ जना र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ३ जना सदस्यमा निर्वाचित भएका हुन् । 

निर्वाचन समितिका अनुसार समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टिकामणि उपाध्याय र बुद्धिबहादुर विके तथा साझा प्रजातान्त्रिक समूहबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल विजयी भएका छन् । पदाधिकारीतर्फको मतगणना भने जारी छ । 

बस्तुगतमा किसन गुरुङ, हिमनाथ पौडेल र विनय श्रेष्ठ निर्वाचित भइसकेका छन् । समान मत पाएका पौडेल र श्रेष्ठले आधा-आधा कार्यकाल बाँड्नेछन् । गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने पौडेल र श्रेष्ठले साझा प्रजातान्त्रिक समूहबाट उम्मेदवारी दिएका थिए ।

यस्तै एसोसिएटमा समावेशीका कमल कार्की र साझा प्रजातान्त्रिकका प्रदिपकुमार गुप्ता निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:५४
प्रतिक्रिया दिनुहोस्