९ औं महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई

आइतबार, भदौ ३, २०८०

काठमाडौं । स्पेनले ९ औं  महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । स्पेनले इङ्गल्याण्डलाई १-० गोलले पराजित गर्दै विश्वकपको उपाधी जितेको हो।

आज भएको फाइनलमा स्पेनलाई उपाधि दिलाउन खेलको २९ मिनेटमै ओल्गा क्यामोनाले निर्णायक गोल गरिन् । 

स्वीडेन प्रतियोगितामा तेस्रो र आयोजक अष्ट्रेलिया चौथो भएको छ। जारी प्रतियोगितामा ३२ राष्ट्र सहभागी भए । न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । सर्वाधिक चार पटकको च्याम्पियन अमेरिका भने क्वार्टरफाइनलमा पनि पुग्न पाएन।

 सन् १९९१ देखि शुरु भएको महिला विश्वकपमा अहिलेसम्म अमेरिकाले चार पटक, जर्मनीले दुई पटक तथा नर्वे र जापानले एक एक पटक उपाधि जितेका छन् । ब्रजिल, चीन र नेदरल्याण्ड्स भने फाइनलसम्म मात्र पुगेका छन्। 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:३४
प्रतिक्रिया दिनुहोस्