भदौ ५ गतेसम्मका लागि प्रतिनिधि सभा स्थगित

आइतबार, भदौ ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजको प्रतिनिधि सभा बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ।सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । 

सङ्घीय संसद् सचिवालयले अपह्रान्न ३ बजे बैठक स्थगित गरेको सूचना टाँसेको थियो । बैठक भदौ ५ गते दिउँसो ३ बजे बस्ने सूचनामा उल्लेख छ । 

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभाको अर्को बैठक यही ५ गते मङ्गलबारसम्म सारिएको संसदका महासचिवद्वारा जारी सूचनामा उल्लेख छ ।

संसद्को बैठक सञ्चालन गर्ने सम्बन्धमा संसद्मा प्रतिनिधित्व गर्ने दलको बैठक सिंहदरबारमा आज बसेको थियो । सो बैठकमा पनि सहमति जुट्न नसकेपछि आजको बैठक स्थगित गरिएको हो । 

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण एक महिनादेखि संसद् बैठक सञ्चालन हुन सकेको छैन  बजे बस्ने सूचनामा उल्लेख छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:४२
प्रतिक्रिया दिनुहोस्