नेपालगन्ज उद्योग बाणिज्य संघ निर्वाचन: एसोसिएट र वस्तुगततर्फ को-को भए निर्वाचित ?

आइतबार, भदौ ३, २०८०

नेपालगन्ज। नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचन अन्तर्गत हालसम्मको मतगणनामा एसोसिएट सदस्यतर्फ समावेशी प्यानलबाट कमल कुमार कार्की र साझा प्रजातान्त्रिक प्यानलका प्रदिप कुमार गुप्ता निर्वाचित भएका छन् ।

एसोसिएट तर्फको १६६  मतमा कार्कीले ११९ मत र गुप्ताले ८८ मत ल्याएर निर्वाचित भएका छन् । एसोसिएटकै एमालेबाट समावेशी प्यानलका उम्मेदवार सन्जय कुमार अग्रवाल पराजित भएका छन् । उनलाई समावेशी प्यानलबाटै माओवादी पक्षका मतदाताहरुबाट अन्तर्घातको शिकार बन्न पुगेका छन् ।

त्यस्तै वस्तुगततर्फ स्वतन्त्र उम्मेदवार किशन गुरुङ१६ मत ल्याई विजयी भएका छन् भने साझा प्रजातान्त्रिक प्यानलका हिमलाल पौडेल र विनय श्रेष्ठले समान १५/१५ मत ल्याउँदै विजयी भएपनि उनीहरुले आधा-आधा कार्यकाल सम्हाल्ने निर्णय भएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्