काठमाडौंको ढुंगेधारामा बसको ठक्करले राम र अनिताको मृत्यु

आइतबार, भदौ ३, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । बसको ठक्करबाट काठमाडौंमा दुई जनाको मृत्यु भएको छ।

आज बिहान ८ बजे काठमाडौंको ढुंगेधारामा बसले ठक्कर दिदा मोटरसाइकलमा सवार  एक पुरुष र महिलाको मृत्यु भएको छ। बसको ठक्करबाट  एक  बालिका घाइते भएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बालाजु हुँदै  कलंकीतर्फ गइरहेको ना ५ ख ५०९२ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२ ०३७ प ०७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३५ वर्षीय रामकुमार भारती र पछाडि सवार सिन्धुपाल्चोक साँगाचोकगढी-३ की ३२ वर्षीया अनिता थापामगरको मृत्यु भएको हो।  दुर्घटनामा अनिताकी ९ वर्षीया छोरी अनिसा घाइते भएकी छिन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा बिहान ८: २० बजे मृत्यु भएको प्रहरी परिसर काठमाडौंले  जनाएको छ ।

अनिसाको स्वयम्भुस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ भने ठक्कर दिने बस र  चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्