नेपालगन्ज उद्योग बाणिज्य संघको शुरु भयो मतगणना, सदस्यबाट गणना हुँदै

आइतबार, भदौ ३, २०८०

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको मतगणना शुरु भएको छ । अहिले सदस्यतर्फका उम्मेदवारहरुको मतगणना भइरहेको निर्वाचन कमिटीले जनाएको छ।

निर्वाचन समितिका अनुसार आज ८ बजेदेखि  शुरु हुने भनिएको मतगणना प्राविधिक कारणले पौने १० बजे शुरु भएको छ। मतगणना ८ ठाँउमा शुरु गरिएको छ।

शनिबार  सम्पन्न उद्योग बाणिज्य संघको निर्वाचनमा  ८३ प्रतिशत मत खसेको हो । निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका थिए । 

निर्वाचनमा व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिष्पर्धामा छन् ।

साझा प्रजातान्त्रिक समूहबाट अध्यक्षमा ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानल छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्