महिला विश्वकप फुटबलमा स्वीडेन तेस्रो

शनिबार, भदौ २, २०८०

काठमाडौं । ९ औं महिला विश्वकप फुटबलमा स्वीडेन तेस्रो भएको छ।

आज तेस्रो स्थानका लागि भएको खेलमा आयोजक अष्ट्रेलियालाई २-० गोलले हराउँदै स्वीडेन महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । 

स्वीडेनका लागि फ्रिडोलिना रोल्फो र कोसोभारे अस्लानीले गोल गरेका हुन् ।

९ औं महिला विश्वकपको उपाधिका लागि स्पेन र इंगल्याण्डबीच हुनेछ।

 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्