नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खस्यो

शनिबार, भदौ २, २०८०

नेपालगन्ज । आज सम्पन्न भएको नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ८३ प्रतिशत मत खसेको छ ।

निर्वाचन समितिका अनुसार ४९३१ मतदाता मध्ये ४१३२ जनाले मतदान गरेका छन् । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो ।

व्यवसायीहरु दुई प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । साझा प्रजातान्त्रिक र समावेशी प्यानल प्रतिष्पर्धामा छन् ।

साझा प्रजातान्त्रिक समूहबाट ललितकुमार रौनियार नेतृत्वको प्यानल र समावेशी समूहबाट टंकबहादुर धामी नेतृत्वको प्यानल प्रतिष्पर्धामा छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्