मिलेमतो बिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने केसीको दाबी

बिहीबार, साउन ३२, २०८०
Neuro hospital Nepalgunj

 काठमाडौं । मिलेमतो बिना विमानस्थलबाट ६० किलो ७१६ ग्राम सुन बाहिरिन नसक्ने नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको बताएका छन् । 

आज सिंहदरबारमा पत्रकारहरुसँगको कुराकानीमा नेता केसीले यस्तो बताएका हुन् । उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको ६० किलो सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्तिहरुको मिलेमतो बिना बाहिरिन नसक्ने दाबी गरे। 

उनले दुई ओटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट साठी किलो सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने बताए । 

उनले सुन तस्करीको अनुसन्धानका लागि निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्ने बताए । 

नेता केसीले संसद बन्धक राख्ने कुरा प्रमुख प्रतिपक्षको स्वभावका रुपमा परिणत हुँदै गएको पनि बताए । अहिले उक्त सुन प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्