सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अवैध ६० किलो ७१६ ग्राम सुन तस्करीमा प्रकरणमा संलग्न भएको आशंकामा थप ४ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ। उनीहरुलाई काठमाडौँबाट पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिएका छन् ।
पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, विन तङ, तियान मी र डिङ्ग सेग्फा हुन् । यसअघि गत मंगलबार पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई भने प्रहरीले नगदसहित बरामद गरेकाले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाएको छ ।
राजस्वले गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन नियन्त्रणमा लिएको थियो । उक्त सुनको तौल ६० किलो ७१६ ग्राम रहेको छ ।
अहिलेसम्म उक्त प्रकरणको शंकामा २२ जना पक्राउ परिसकेका छन् । अहिले यो प्रकरणको अनुसन्धान सीआईबीले गरिरहेको छ । यो प्रकरणले देशभर सनसनी छाएको छ।