साझा प्रजातान्त्रिक प्यानल ६५ प्रतिशत बढी मतदाताको रोजाइमा

बुधबार, साउन ३१, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा आगामी नेतृत्वका बाँकेभर छरिएर रहेका मतदाताहरुले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई लैजाने प्रतिबद्धता जनाएका छन् । 

प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले मतदातासँगको भेटघाटका क्रममा गरेको प्रतिवद्दता व्यापारीहरुको वास्तविक हकहितका विषयमा  रहेको भन्दै ६० देखि ६७  प्रतिशत मतदाताहरुले नेपालगञ्ज उद्योग वाणिज्य संघको नेतृत्वमा ललित रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानललाई लैजाने प्रतिबद्धता जनाएका हुन । 

हाम्रो टोलीले जिल्लाभरका धेरैजसो मतदातामाझ गरेको सर्वेक्षणमा मतदाताहरुले साझा प्रजातान्त्रिक प्यानल नै नेपालगञ्ज उद्योग वाणिज्य संघको अबको नेतृत्व गर्न सुहाउने बताएका छन् । साझा प्रजातान्त्रिक प्यानलले स-साना व्यापारीको हकहितका कुरा समेत अगाडि सार्दै आएको हुँदा उक्त समूहनै नेतृत्व गर्न सक्षम रहेको उनिहरु बताउँछन् ।

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार प्यानलले संघको नेतृत्व  पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने नेपालगञ्जका व्यापारी मतदाताहरुले भने । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । 

थोक तथा फुटकर व्यवसायीहरुको समेत समस्या सम्बोधन गर्नसक्ने नेतृत्व साझा प्रजातान्त्रिक समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने राप्तीसोनारीमा व्यावसाय गरिरहेका धेरैजसो मतदाताहरुले बताउँदै आएको पाइएको छ।

यस पटकको निर्वाचनमा वाणिज्य संघमा साझा  प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको हुँदा यसअघि जसलाई मत दिएपनी अब भने आफुहरुले साझा प्रजातान्त्रिक प्यानललाई नै रोजिसकेको नेपालगञ्जकै चिरपरिचित व्यापारीहरुले  बताए । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

अहिलेसम्म जति आएपनि व्यापारीहरुको हकहित कसैले नगरेको देख्दा अब भने साझा प्रजातान्त्रिक प्यानललाई जिताएर नेतृत्वमा लैजाने भन्ने नारा चौतर्फी घन्किरहेको छ।

समग्रमा भन्नुपर्दा यस पटकको निर्वाचनमा साझा प्रजातान्त्रिकका सबै उम्मेदवारहरु भारी मतान्तरले विजयी हुने देखिएको छ।

यता नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ का क्षेत्रियसभापति रमेश गुप्ताले पनि साझा प्रजातान्त्रिक प्यानलको जित निश्चित भन्दै गर्दा निर्वाचनमा होमिएको अर्को समावेशी प्यानललाई साथ दिएका विभिन्न पार्टीका नेताहरुले समेत यस पटक साझा प्रजातान्त्रिक प्यानल निकै बलियो भएको बताइरहेका छन् 

रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक प्यानलको उद्योग उपाध्यक्षमा मो. सफिक बेहानासँगै बाणिज्यतर्फको उपाध्यक्षमा विष्णुप्रसाद श्रेष्ठ , महिला उपाध्यक्षमा करिश्मा योगी तथा महासचिवमा टंकप्रसाद शर्मा उम्मेदवार बन्नेछन् । यस्तै उपमहासचिवमा टेकबहादुर खड्का र कोषाध्यक्षमा मख्खनबहादुर धामी उम्मेदवारी छन् ।

त्यस्तै सदस्यहरुमा शिवप्रसाद दाहाल, विवेककुमार श्रेष्ठ, कैफुल वरा जोलाहा, प्रमोदकुमार अग्रवाल, युवराज ढकाल, सुनिल भण्डारी, पदम श्रेष्ठ, अतुलकुमार गुप्ता र बलबहादुर विष्ट (बबी)  तथा एशोसिएट सदस्यमा प्रदिपकुमार गुप्ता र पुरुषोत्तम अग्रवाल उम्मेदवार रहेका छन् ।

संघको निर्वाचन यही भाद्र २ गते नेपालगञ्ज  रंगशालामा हुँदैछ।   

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्