धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा लाग्न्नेलाई कारबाही गर्नुपर्छ: प्रवक्ता -राप्रपा

बुधबार, साउन ३१, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  धार्मिक सद्भाव बिथोल्ने गरी भइरहेका संविधान विपरीतका गतिविधिमाथि छानबिन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले माग गरेका छन् । 

आज सामाजिक सञ्जालमार्फत् श्रेष्ठले सो माग गरेका हुन् । स्वेच्छाले धर्म परिवर्तन र मान्यता बदल्न सकिने भए पनि अर्को धर्मलाई घृणा गर्ने, जबर्जस्ती धर्म परिवर्तन गर्ने÷गराउने, सामाजिक सद्भाव खल्बल्याउने, द्वन्द्व निम्त्याउने र द्वन्द्वका लागि उक्साउने गतिविधि गर्न नपाइने भन्दै उनले यस्ता संविधान विपरीतका गतिविधिमाथि छानबिन गर्न माग गरेका हुन् । 

धरानमा गोरु काटेर भोज खाँदै गरेको सार्वजनिक भिडियो सामग्रीमा प्रयोग गरिएका शब्दहरु आपत्तिजनक रहेको भन्दै उनले यस्ता धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्नलाई छानबिन गरी कारबाही गर्न सरकारसँग माग गरेका हुन् । 

यस्तो छ उनको अभिव्यक्ति-

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १४:४१
प्रतिक्रिया दिनुहोस्