५ लाख रुपैयाँ घुससहित गाउँपालिकाका लेखापालसहित दुई जना पक्राउ

बुधबार, साउन ३१, २०८०

सप्तरी । सेवाग्राहीसँग ५ लाख रुपैयाँ लिएको आरोपम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपलिकाका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

अख्तियारको टोलीले सप्तरीको विष्णुपुर गाँउपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका अनुसार अपरेटर वीरेन्द्रकुमार २ लाख  नगद र लेखनापाल टेकनारायणले घुस बापत लिएको ३ लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।

उनीहरुले सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनासँग थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्