डिजेल र मट्टितेलमा १४, पेट्रोलमा ५ रुपैयाँले मूल्य बढ्यो

मंगलबार, साउन ३०, २०८०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

नेपाल आयल निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको हो । 

निगमका अनुसार अब पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर रु १ सय ७५ र डिजेल तथा मट्टितेलको मूल्य  १६४ दशमलव ५ रुपैयाँ प्रतिलिटर कायम हुनेछ । 

इन्डियन आयल कार्पोरेशनबाट आज पेट्रोल र डिजेलमा क्रमशः प्रतिलिटर तीन दशमलव ८५ र ११ दशमलव २५ रुपैयाँ मूल्य बढेर आएसँगै नेपालमा पनि वृद्धि गरिएको निगमले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २२:३०
प्रतिक्रिया दिनुहोस्