नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा. रायमाझीलाई स्वागत

मंगलबार, साउन ३०, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज। नेपाल स्वास्थ्यकर्मी संघ बाँके र प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले आज भेरी अस्पताल नेपालगन्जका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु पवनजंग रायमाझीलाई स्वागतसंगै परिचयात्मक कार्यक्रम गरेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको उपस्थितिमा नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरिएको हो ।

त्यसक्रममा स्वास्थ्यकर्मी संघ र जनस्वास्थ्य संघले नवनियुक्त मेसु रायमाझीको सफल कार्यकालको शुभकामना दिएका थिए । रायमाझीलाई बिरामीमैत्री तथा बिपन्नमुखी सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आग्रह समेत गरिएको प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको सचिव नरेश श्रेष्ठले बताए ।

मेसु रायमाझीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकको मेडिकल हब रहेको भेरी अस्पतालप्रतिको सेवाग्राहीको आशा र आस्था अनुरुप सहज र सुलभरुपमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले अस्पतालको आकस्मिक सेवा र आइसियु सेवा सेवाग्राहीमुखी बनाइने समेत बताए । डा. रायमाझीले बिरामी भर्ना सहज बनाउने, गरिब बेवारिसे बिरामीले पैसा अभावका कारण उपचारबाट बिमुख हुने अवस्था आउन नदिने लगायतका प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल स्वास्थ्य कर्मी संघ बाँकेका उपाध्यक्ष बिरजङ्ग शाह, कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष जागेश्वर बस्नेत लगायतको उपस्थिति थियो । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  २२:१६
प्रतिक्रिया दिनुहोस्