१२ कक्षाको नतिजा सार्वजनिक, ग्रेड वृद्धि परीक्षा असोज ६ र ७ गते

मंगलबार, साउन ३०, २०८०

काठमाडौं । यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न  १२ को नतिजा सार्वजनिक गरेको हो।

बोर्डले गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सन्चालन भएको परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत उतीर्ण भएका छन् । 

परीक्षामा  ४९.०९ प्रतिशत भने नन ग्रेडे भएको  बोर्डले जनाएको छ। साथै बोर्डका यसपालिको  नतिजा गत वर्षको भन्दा ३ प्रतिशत विन्दुले सुधार भएको छ।

यस्तै ३५ प्रतीशत भन्दा कम ल्याउनेलाई बोर्डले ३५ नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् र पुन:  ग्रेडवृद्धिको परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ।

ग्रेड वृद्धि परीक्षा 

बोर्डले ननग्रेड  ल्याउने विद्यार्थीका लागि यहीँ आउदो असोज ६ र ७ गते ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको जनाएको छ ।

२ विषयसम्म ननग्रेड ल्याएका १ लाख २३ हजार ३९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने      बोर्डका परीक्षा नियन्त्रक दुर्गा अर्यालले बताए। त्यस्तै १ विषयमा मात्र ननग्रेड आउनेको संख्या भने ७९ हजार ५८४ जना रहेको बोर्डले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १९:०७
प्रतिक्रिया दिनुहोस्