महिला विश्वकप फुटबल: स्पेन पहिलो पटक फाइनलमा, स्वीडेन २-१ गोलले पराजित

मंगलबार, साउन ३०, २०८०

काठमाडौं । पहिलो पटक स्पेन महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। 

अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी ९ औं महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेनलाई २–१ पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ ।

स्पेनका  लागि साल्मा चेलेस्टी एइङ्गोनो र ओलगा कार्मोना १-१ तथा स्वीडेनकी रेबिक्का ब्लोम्क्लोभिटले १ गोल गरिन । 

फाइनलमा स्पेनले अष्ट्रेलिया र इङ्ल्यान्डबीचको विजेतासँग खेल्ने छ ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्