नाइट क्लब एलओडीमा राजस्व अनुसन्धान विभागको छापा

मंगलबार, साउन ३०, २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलस्थित रहेको नाइट क्लब 'एलओडी' मा छापा मारेको छ ।

विभागको टोलीले एलओडीमा छापामा मारेर कागजात नियन्त्रणमा लिएको छ । गत शुक्रबार विभागको टोलीले छापा मारेर कागजात लिएको हो । 

ग्राहक बनेर गएको निर्देशकसहितको विभागका टोलीले छापा मारेको हो । नियन्त्रणमा लिएको एलओडीको कागजातमाथि विभागले अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १६:१५
प्रतिक्रिया दिनुहोस्