कोशीमा प्रचण्डका कान्छा ज्वाइँ जीवनसहित तीन जना मन्त्री नियुक्त

कांग्रेस र माओवादीबाट दुई-दुई जना मन्त्री बने
आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री थापाले माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की र कांग्रेसबाट रामकुमार खत्रीलाई मन्त्री नियुक्त  गरेका छन् ।

मुख्यमन्त्री थापाले आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्  भने कार्की र खत्रीको मन्त्रालयको टुंगो लागेको छैन् ।

यसपटक पनि मन्त्री बनेका आचार्य यसअघिको हिक्मत कार्की नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए। आचार्य प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' का कान्छा ज्वाइँ हुन् ।

यसअघि मुख्यमन्त्री थापाले शुक्रबार कांग्रेसबाट प्रदीप सुनुवार र नेकपा समाजवादीबाट कमल जवेगुलाई विनाबिभागीय मन्त्री नियुक्त गरेका थिए।

सत्ता गठबन्धनबाट सुरुमा एक-एक जना मन्त्री नियुक्त गर्ने सहमति हुँदाहुँदै कांग्रेस र माओवादीबाट दुई-दुई जना मन्त्री नियुक्त गर्ने भएपछि नेकपा एसले सपथ कार्यक्रम वहिष्कार गर्ने जनाएको छ।

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्