सुन तस्करी प्रकरणको अनुसन्धानमा सरकारलाई सघाउन तयार छु: महरा

मंगलबार, साउन ३०, २०८०

घोराही (दाङ )। सुन तस्करीको प्रकरणमा अनुसन्धानका लागि आफुले जुनसुकै बेलापनि सरकारलाई सघाउने कृष्णबहादुर महराले बताएका छन् ।

आज घोराहीमा आयोजित पत्रकार सम्मेलनमा सुन प्रकरणमा आफ्नो नाम जोडिएए आएपछि अनुसन्धानमा सरकारलाई सघाउन आफू तयार रहेको  नेकपा माओवादी केन्द्रका उपाध्यक्षसमेतरहेका  पूर्वसभामुख  महराले बताएका हुन् ।

उपाध्यक्ष महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर  बाहिर आएको विषयमा सरकारलाई अनुसन्धानका लागि सघाउन तयार रहेकोघोराहीमा आज पत्रकारसँग कुरा गर्दै सो कुरा  बताएका हुन् ।

आफ्नो नाम जोडिएर आएको सुन प्रकरणमा सरकारले गर्ने जुनसुकै छानबिनका लागि आफुले सघाउन तयार रहेको  महराले बताएका हुन् ।

महराले आफुलाई अनुसन्धानका लागि बोलाए जुनसुकै समयमा उपस्थित हुने समेत बताएका छन् । तर अहिलेसम्म आफुलाई अनुसन्धानका लागि नबोलाएको महराले बताए। 

साथै महाराले सुन तस्करी प्रकरणमा जोडिएको  चिनियाँ नागरिक वाङलाई आफुले फलफुल व्यापारिका रुपमामात्र चिनेको पत्रकारसँग बताए। । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्