मुगु जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

मंगलबार, साउन ३०, २०८०
Neuro hospital Nepalgunj

मुगु। मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटना ४  जनाको मृत्यु भएको छ ।

सोमबार अपराह्न सोरु गाउँपालिकाबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप चिप्लेगाडामा दुर्घटना भएको मुगु प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिएका छन् ।

दुर्घटनामा पारेर मृत्यु हुनेमा हुम्लाको सर्केगाड गाउँपालिका-२ का एउटै नाम र  थर भएका दुई जना राम परियार, प्रकाश बोहोरा र पिउस परियार रहेका छन् ।

दुर्घटनामा मृत्यु हुने सबै हुम्लाको सर्केगाड गाउँपालिका- २ स्थित रिप गाउँका रहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

यस्तै दुर्घटनाबाट मुगुको सोरु गाउँपालिका-७ का जिप चालक दिनेश लावड, सोरु-५ का गोविन्दा शाही र वडा सदस्य लोकजङ्ग नेपाली, सोरु-६ का सेरे रोकाया र हुम्ला सिमीकोट-२ का उदीप बोहोरा घाइते भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १०:३९
प्रतिक्रिया दिनुहोस्