बाँकेको खजुरामा तलाउमा डुबेर राढको मृत्यु

सोमबार, साउन २९, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेको खजुरामा तलाउमा डुबेर एक जनाको ज्यान गएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ७ मा खेतमा रहेको तलाउमा डुबेर ४५ वर्षीय शिवराम राढको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

आज बिहान ११ बजेतिर घाँस काट्न जाँदा डुबेर बेपत्ता भएका राढको शव तीन घण्टापछि भेटिएको प्रहरीले जनाएको छ ।

खजुरामै केही दिन अघि नालामा डुबेर एक जना बालकको मृत्यु भएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  २०:३६
प्रतिक्रिया दिनुहोस्