बरामद गरिएको करिव १ क्विन्टल सुन जोख्न शुरु

सोमबार, साउन २९, २०८०

काठमाडौं । तस्करी भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिव १ क्विन्टल अवैध सुनलाई  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोख्न थालिएको छ । 

आज नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा ब्रेक सुको लागि प्याक गरिएका बट्टाबाट सुन निकालेर जोख्न थालेको हो । 

राजश्व अनुसन्धान विभागले गत साउन २ गते बरामद गरेको सुनको परिमाण यकिन गर्न सुन पगाल्ने प्रक्रिया शुरु गर्दा महाशाखाले एउटा ब्रेक सु खोलेर  डेमो देखाएको छ ।  टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम शुरु गरेको बताए । 

उनले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, राष्ट्र बैङ्कका केन्द्रीय प्रतिनिधि र राजश्व अनुसन्धान विभागसहित निष्पक्ष रूपमा सुन जोख्ने काम गरिने बताए। उनले ब्रेक सु र सुन छुटाएपछि सुनलाई गालेर जोखिने बताए।  

यस प्रकरणमा एक दर्जन बढी पक्राउ परिसकेका छन् 

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्