विषालु च्याउ खाँदा ११ जना बिरामी

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

डोटी । डोटीमा विषालु च्याउ खाँदा  एकै गाउँका ११ जना बिरामी परेका छन् । 

विषालु च्याउ खाएर दिपायल सिलगढी नगरपालिका–५ इन्द्रचोकका ११ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएकोछ।

प्रहरीका अनुसार विषालु च्याउ खाएर बिरामी भएका सबैको डडेल्धुरा अस्पतालमा उपचार भइरहेका छ ।शनिबार साँझ जंगली विषालु च्याउ खाएर बिरामी परेको बताइएको छ ।

डडेल्धुरा अस्पतालका अनुसार बिरामी सबैको उपचार भइरहेको छ । उनीहरूको अवस्था मध्यम छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्