आजको प्रतिनिधि सभा बैठक अवरुद्द, भदौ ३ गतेसम्मका लागि स्थगित

सोमबार, साउन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमालेको अवरोधले आजको प्रतिनिधि सभा बैठक फेरि  अवरुद्ध भएको छ । गत साउन १० गतेदेखि एमालेले जारी राखेको अवरोध अझै पनि नहटेको हो । 

एमालेले अवैध सुन प्रकरण छानबिनका लागि उच्च स्तरीय समिति बनाउन माग गर्दै आइरहेको छ । सरकारले भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै छानबिन गर्ने अड्डी कसिरहेको छ । 

तर एमालेले उच्च स्तरीय समिति नबनेसम्म संसद अगाडि बढ्न नदिने बताउँदै आएको छ । जसका कारण आजको बैठक पनि २५ मिनेट बसेर स्थगित गएको छ । आज पनि विषयमा प्रवेश नगरी संसद स्थगित गरिएको छ । 

अबको बैठक भदौ ३ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । 

यसअघिको समयमा बोल्दै पूर्व सभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई किन पक्राउ गरिँदैन अवैध सुन प्रकरणमा भन्दै सांसदहरुले आक्रोश पोखे । 

विशेष गरी एमालेका सांसदहरु एवं नेपाली कांग्रेसका सांसद डा। सुनील शर्माले गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

आजको बैठकमा रास्वपाले पनि समर्थन गरेको थियो । 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्