साझा प्रजातान्त्रिक प्यानललाई साथ दिने प्रतिबद्धता

सोमबार, साउन २९, २०८०

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघबाट उम्मेदवारी दिएका साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका उम्मेदवारहरुलाई घरवारि टोलीका मतदाताहरुले नेतृत्वमा लैजाने प्रतिबद्धता जनाएका छन् । 

प्रजातान्त्रिक समूहका उम्मेदवारहरुले आज नेपालगञ्जको घरवारीटोलका मतदाताहरुसंग भेट्ने क्रममा यस्तो उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन । 

संघको आगामी नेतृत्वका लागि निर्वाचनमा होमिएको प्रजातान्त्रिक समूहबाट अध्यक्ष पदका उम्मेदवार ललित कुमार रौनियार लगायतको समूहसँग घरवारीटोलका व्यवसायीहरुले संघको नेतृत्व नयाँ व्यक्तिले पाउनुपर्ने भन्दै आफुहरुको भोट परिवर्तनका लागि हुने जनाए । 

परिवर्तनका लागि नेतृत्व भन्दै आएको प्रजातान्त्रिक समूह नै धेरैको रोजाईमा देखिएका छन् । घरवारीटोलमा रहेका थोक तथा फुटकर व्यवसायीहरुले सधै एकै क्षेत्रको नेतृत्व नभएर फरक क्षेत्रको समेत नेतृत्व हुनुपर्ने र अब रौनियारको नेतृत्व हेर्न चाहेको धारणा राखेका थिए । 

थोक तथा फुटकर व्यवसायीहरुको समस्या सम्बोधन गर्नसक्ने नेतृत्व प्रजातान्त्रिक समूह भएको हुँदा हामी व्यवसायीहरुको साथ अब यो समूहलाई नै हुने एक व्यवसायीले भने । 

वाणिज्य संघको निर्वाचनमा यो पटक प्रजातान्त्रिक समूहतर्फ मतदाताको लहर देखिएको छ । सबैको समान सहभागिता र सबै अटाउने नेतृत्व भनेको प्रजातान्त्रिक समूह रहेको मतदाताहरुको भनाई छ । 

ललितकुमार रौनियारको नेतृत्वको समूहले मतदाताको घरदैलो अभियानलाई तिब्र बनाएको छ । संघ आसन्न निर्वाचनको मिति नजिकिएसंगै समूहले मतदातासंग भेट्ने र उनीहरुको समस्या सुनिरहेको छ । 

प्रचारलाई तिब्र बनाएका अध्यक्ष पदका उम्मेदवार रौनियारले घरबारी टोलका मतदाताले आँफुहरुलाई  साथ दिने बताएको बताए  । त्यस्तै उद्योगतर्फका उपाध्यक्षका उम्मेदवार मो.सफिक बेहनाले मतदातामाझ राम्रैसंग परिचित रौनियारको समूहलाई यो पटक सबैतिरबाट साथ समर्थन रहेको पाइएको बतए।

संघको निर्वाचनका लगि हामीले सबै मतदाताको समस्या पनि सुनिरहेका छौं, उम्मेदवार बेहनले भने, यही समस्याहरु साधानका निम्ति आफुहरुको नेतृत्वले काम गर्ने हो । पूर्वमन्त्री सुरेन्द्रबहादुर हमालको नेतृत्वमा आजको घरदैलोमा होमिएको छ।

संघको निर्वाचन यही भाद्र २ गते हुँदैछ।

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्