जनमतबाट सामान्य प्रशासन मन्त्री बनेकी अनिता साहको सपथ बिहान १० बजे

सोमबार, साउन २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । जनमत पार्टीबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी अनितादेवी साहको आज शपथ लिँदै छिन् । 

साहक्क आज बिहान १० बजे मन्त्रालयको जिम्मेवारीको शपथ लिने भएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिए ।

उनले भने, “हामीले उनको नाम धेरै अघिदेखि पठाएका थियौँ । सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा शपथका लागि खबर आएको छ ।”

जनमत पार्टीको सचिवसमेत रहेका साह समानुपातिकतर्फ प्रतिनिधिसभाको सांसद हुन् । साह जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन् ।

 

 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्