सरकार ढालेर नयाँ सरकार बनाउने बारेमा कांग्रेस संसदीय दलको बैठकमा कुरा भएको छैन् : रमेश लेखक

आइतबार, साउन २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं ।  सरकार ढाल्ने, र नयाँ  सरकार बनाउने बारेम कांग्रेस संसदीय दलमा  कुनै कुरा नभएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताएका छन् । 

आज दलको बैठकपछि उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको बताएका हुन् । 

कांग्रेस संसदीय दलको बैठक सोमबार पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरूले राखेको सुझावहरूलाई समेटेर महत्त्वपूर्ण प्रस्तावहरू पारित गर्ने पनि बताए ।

गत शुक्रवार र आज बसेको कांग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरूले आ–आफ्नो धारणा राखेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २०:३९
प्रतिक्रिया दिनुहोस्