गृहमन्त्रीको राजिनामा माग्नबाट म पछि हट्दैन : सांसद शर्मा

आइतबार, साउन २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नबाट आफू पछि नहट्ने प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद डा.सुनील शर्माले बताएका छन् । 

आज बसेको काग्रेस संसद दलको बैठकमा उनले आफू गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक नहुने बताएका हुन् । त्यसो त उनले आफू अब गृहमन्त्रीको राजीनामाको अडानबाट ब्याक हुन नसक्ने सुनाए ।

एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर संसदमै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका थिए । पछि पनि लगातार उनले गृहमन्त्री र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताउँदै आएका थिए । 

उनले भने, ‘अब गृहमन्त्रीको राजीनामाबाट म ब्याक हुन सक्दिनँ । अर्थमन्त्रीबारे सोच्नसक्छु ।’ 

केहिदिन अघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी ले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेपनी काठमाडौं अदालतले रिहा गर्न आदेश दिएको थियो।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्