काठमाडौंमा साउने झरी....

आइतबार, साउन २८, २०८०

काठमाडौं । काठमाडौँ लगायत देशका अधिकांश ठाउँहरुमा वर्षा भइरहेको छ।  मौसमको बदलावले कतै हावाहुरीसहित पानी र कतै निरन्तर झरी लागेको छ । 

यो झरी अझै केही दिन रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिन अगाडिमात्र उपत्यकामा निरन्तर पानी परेकोले बागमती, विष्णुमती, धोबीखोलाको बहाव उच्च थियो। 

कतिपय स्थानमा बाढी पनि पसेको थियो । शुक्रबार बेलुकीदेखि निरन्तर परिरहेको पानीले फेरि नदीको स्तर बढाउने हो कि भन्ने चिन्ता पनि छ ।

साउने झरी नभनी उपत्यकामा कोही काम गर्न त कोही अध्ययन गर्न विद्यालय, क्याम्पसको आफ्नो गन्तव्यतिर जान तल्लीन । कोही हकका लागि आन्दोलन गर्दा रुझेका छन् भने सुरक्षाकर्मीका बेथा पनि उत्तिकै छन् ।

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्