इङ्गल्याण्ड र अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा

शनिबार, साउन २७, २०८०

काठमाडौं । न्यूजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलमा इङ्गल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ ।

आजभन्दा  भएको क्वार्टरफाइनलमा कोलम्बियालाई पराजित गर्दै इङ्गल्याण्ड सेमिफाइनलमा पुगेको हो । १–० ले पछि परेको इङ्गल्याण्डले त्यसपछि लगातार दुई गोल गर्दै खेल २–१ ले जितेको हो । 

खेलको ४४ औँ मिनेटमा कोलम्बियाकी लेसी मारिया सान्तोस हेरेराले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । तर पहिलो हाफको इन्जुरी समयमा लाउरेन हेम्पले गोल गर्दै बराबरीमा ल्याइन् । ६३ औँ मिनेटमा एलेसिया रुस्सोले गोल गर्दै इङ्गल्याण्डलाई सेमिफाइनलमा पुर्याइन् । 

योसँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ । इङ्गल्याण्डले आयोजक अष्ट्रेलियासँग सेमिफाइनल खेल्नेछ । 

आज नै भएको क्वार्टरफाइनलमा फ्रान्सलाई सडन डेथमा पराजित गर्दै आयोजक अष्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो । 

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

पेनाल्टीमा ४–४ को बराबरी भएपछि सडन डेथमा खेल धकेलियो । सडन डेथ पनि निकै रोमाञ्चक हुँदा अन्ततः अष्ट्रेलिया ७–६ ले विजयी भयो । 

दुवैतर्फ १० जनाले पेनाल्टी प्रहार गरेका थिए । 

३२ टिमले सहभागीता जनाएको प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इङ्गल्याण्डले अष्ट्रेलियासँग अगस्त १६ तारिखमा खेल्नेछ । 

पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन अगस्त १५ तारिखमा भिड्ने छन् । 

अर्को आयोजक न्यूजिल्याण्ड भने समूह चरणबाटै बाहिरिएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  २१:३८
प्रतिक्रिया दिनुहोस्